चिसो वढ्ने क्रम जारी, आज यो वर्षकै सबैभन्दा चिसो

काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकभर दिनानुदिन चिसो बढिरहेको छ । मुलुकभर चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ । सोमबार यो वर्षकै कम तापक्रम मापन गरिएको हो ।

सोमबार बिहान काठमाडौंको न्युनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । यसअघि आइतबार काठमाडौंको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस थियो ।

Advertisement

यसैबीच, सोमबार दिउँसो काठमाडौंसहित देशका पहाडी भेगमा आंशिक बदली हुने सम्भावना छ । पूर्वका उच्च पहाडी र मध्येको उच्च पहाडी भेगमा भने हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

More News last news
Loading...