काठमाडौं । सेल्फी खिच्ने बहानामा एक बालिकालाई गोठमा लगेर बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । रुकुमपूर्व भूमे गाउँपालिका–९, चुनवाङका २१ वर्षीय मनोज ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।
गएको मंसिर २८ गते गोठमा बाख्रा बाँध्दै गरेकी सानीभेरी गाउँपालिकाकी १५ वर्षीया एक बालिकालाई गोठभित्र लगेर जबरजस्ती करणी गरेको अभियोगमा ओलीलाई पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ ।
सेल्फी खिच्ने भन्दै फकाएर बालिकालाई गोठभित्र लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । अभियुक्तलाई सोही दिन पक्राउ गरिएको भए पनि प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
पक्राउ परेका ओलीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
