पौष १० गते सार्वजनिक बिदा दिन माग

काठमाडौँ । राष्ट्रिय ख्रीष्टियन महासङ्घले ख्रीष्टमस (क्रिसमस) मा सार्वजनिक बिदा कायम गर्न सरकारसँग पहल गर्न राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको ध्यानाकर्षण गराएको छ ।

महासङ्घका अध्यक्ष सि।बि।गहतराजको नेतृत्वमा एक प्रतिनिधिमण्डलले आयोगस्थित अध्यक्ष शर्माको कार्यकक्षमा आज सो विषयमा ध्यानाकर्षण गराएको हो । विसं २०६४ देखि निरन्तर रुपमा दिइदै आएको सार्वजानिक बिदा यस वर्ष सरकारले ख्रीष्टियनका लागि मात्र कायम गरिएको हुँदा महासङ्घको गम्भीर ध्यानकर्षण भएको र यसले ख्रीष्टियन समुदायको भावनामा गहिरो चोट पुगेको पत्रमा उल्लेख गरिएको छ ।

Advertisement

ज्ञापनपत्र बुझेपछि आयोगका अध्यक्ष शर्माले विगतमा ख्रीष्टमसका दिनमा सार्वजानिक बिदा उपलब्ध गराउन आयोगले भूमिका निर्वाह गरेको स्मरण गराउँदै आगामी दिनमा पनि बिदा कायम गर्न सरकारलाई पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महासङ्घका अध्यक्ष गहतराजले विगतमा सरकारसँग भएका समझौता कार्यान्वयन गर्नुपर्ने बताउँदै सो समूदायका चर्चलाई गुठीका रुपमा सञ्चालन गर्नुपर्ने माग गर्नुभयो । देशभर करीब २० लाख अनुयायी तथा १२ हजार चर्च रहेको महासङ्घले जनाएको छ ।

More News last news
Loading...