कास्की । फेवातालमा डुंगाबाट खसेर एक युवा बेपत्ता भएका छन् ।
सोमबार बिहान फेवातालमा बोटिङ गरिरहेका काठमाडौंका रोजन श्रेष्ठ सेल्फी खिच्ने क्रममा डुंगाबाट डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
सिंगल प्याडल बोटमा बसेर डुङ्गा सयर गरेका श्रेष्ठले फोटो खिच्नकै लागि तालको बिचमा पुगेपछि ज्याकेट उतारे र मोवाईलबाट सेल्फी खिच्न लाग्दा उनी डुङ्गा बाट खसेर बेपत्ता भएका हुन् ।
काठमाडौंबाट दिदी सँग आइतबार पोखरा घुम्न आएका श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ।दिदीभाइ फरक फरक डुंगामा गएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
