काठमाडौं । यो साता सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ । सुन शुक्रबार तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हप्ताको पहिलो दिन तोलाको ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार २ सय रुपैयाँले बढ्यो । त्यसपछि मंगलबार एकैदिन तोलामा ९ सय रुपैयाँ बढेको सुनको भाउ बुधबार एक सय र बिहीबार तीन सय रुपैयाँ बढेको हो ।
शुक्रबार भने सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ । यस्तै चाँदीको भाउ यो हप्ता तोलामा १५ रुपैयाँ बढेको छ ।
आइतबार ७ सय रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलाको ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
