काठमाडौं । युवा क्रिकेटर सन्दीप लामिछाने कलेज भर्ना भएका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चित बनेका लामिछाने बौद्धस्थित जेभियर इन्टरनेसनल कलेजमा मंगलबार बिहान आफैं पुगेर भर्ना फारम भरेका थिए ।
कलेजका अनुसार सन्दीप मानविकी संकाय अन्तरगत बीएसडब्लु (ब्याचलर इन सोसल वर्क) मा भर्ना भएका हुन् । उनलाई तीन वर्षे कोर्सका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिएको कलेजले जनाएको छ ।
क्याम्पस परिवारले एक कार्यक्रमको आयोजना गरेर उनलाई स्वागत गरेको छ। उनी सोही कलेजका ब्रान्ड एम्बासडर पनि हुन् । लामिछानेले कलेजको पढाइ र क्रिकेट खेल सँगै अगाडि बढाउने बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
