बासु स्मृती पुरस्कारबाट ३ अग्रज साहित्यकार सम्मानित

कुमार बाबु हिताँगा/स्याङ्जा । बासु स्मृती पुरस्कारबाट स्याङ्जाका ३ जना सामाजिक अभियन्ता एवं अग्रज साहित्यकार सम्मानित भएका छन् ।

सम्मानित हुनेमा डिल्लीरमण न्यौपाने, देवेन्द्र लम्साल र प्रा.डा.दिलबहादुर क्षेत्री रहेका छन् । सम्मानित हुनेहरुमा वरिष्ठ लोकगायिका तथा पूर्व प्राज्ञ हरिदेवी कोइराला, गुठीका अध्यक्ष विश्वप्रेम अधिकारीले जनही नगद १५/१५ हजार रुपैंया सहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन । उनीहरुलाई क्रमशः २०७०, २०७२ र २०७४ को बासु पुरस्कारबाट आठौं, नवौं र दशौं साहित्यकार सम्मान भएका हुन । लगभग ६ दशकदेखि आफना सिर्जना र स्वरलहरीका माध्यमबाट स्याङ्जामा साहित्यिक चेतनाको वीउ छर्ने ‘ग्राम्य संघर्ष र बिधवाको करुण क्रन्दन’ जस्ता कृति नेपाली साहित्यलाई उपलब्ध गराएको भन्दै डिल्लीरमण न्यौपानेलाई बासु स्मृति पुरस्कार २०७० वाट सम्मान गरिएको छ ।

Advertisement

यसैगरी, करिब ५ दशकदेखि निरन्तर साहित्य साधाना र कबि सिर्जनामा तल्लीन रही लघु, मध्यम र महाकाब्य सम्मका कृति प्रकाशित गरी राष्ट्रको गौरब नेपाली साहित्यको श्रीबृद्धिमा पुरयाउनु भएको योगदानको कदर गर्दे भन्दै देवेन्द्र लम्साललाई बासु स्मृति पुरस्कार २०७२ बाट सम्मान गरिएको हो । इतिहास जस्तो महत्वपूर्ण बिषयमा बिद्यावारिधिगरी प्राध्यापन गर्दागर्दै ऐतिहासिक महत्व बोकेका सांस्कृतिक स्थलहरुको र खस आर्यहरुको इतिहास समेतगरी अंग्रेजी र नेपाली भाषामा दशाधिक ग्रन्थ प्रकाशितगरी योगदान पुरयाएको भन्दै प्रा.डा.दिलबहादुर क्षेत्रीलाई बासु स्मृति पुरस्कार २०७४ बाट सम्मान गरिएको हो ।

बासु स्मृती आफना मातापिताको स्मृतीमा तोरणध्वज अधिकारीद्धारा स्थापित बालनरसिंह—सुवर्णकुमारी (बासु) अधिकारी गुठीद्धारा स्थापना गरिएको हो । कार्यक्रममा सम्मानित ब्यक्तित्व डिल्लीरमण न्यौपाने, देवेन्द्र लम्साल, प्रा.डा.दिलबहादुर क्षेत्री, नेपाली कांग्रेसका सचिव कुमार राना, साहित्यकारहरु पिताम्बर नेपाली र देवीप्रसाद वनवासी, टिकाराम वाग्ले, त्रिभुवन पौडेल, बालनरसिंहका नाती विश्वबिक्रम अधिकारी, डा.यामबहादुर क्षेत्री, बालनरसिंहका साथी भुवनसिंह अधिकारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै यस्तो कार्यले समाजमा एउटा छुट्टै पाठ सिकाएको र साहित्यक क्षेत्रमा सवैलाई प्रेरणा प्रदान गरेको समेत बताए ।

बालनरसिंह सुवर्णकुमारी अधिकारी गुठीका अध्यक्ष विश्वप्रेम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष इन्द्रेणी अधिकारीले स्वागत, संरक्षक शेरजंग अधिकारीले धन्यवाद एवं सचिव रविन केसीले संचालन गरेका थिए ।

More News last news
Loading...