काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको (मंसिर ११) लागि एक अमेरिकी डलरको खरिद मूल्य ११२ रुपैयाँ १० पैसा तोकेको छ । यसैगरी बिक्रि मूल्य भने ११३ रुपैयाँ ७० पैसा रहेको छ ।
एक युरोको खरिददर १२८ रुपैयाँ ५८ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ २६ पैसा रहेको छ । यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ ३७ पैसा र बिक्रिदर १४६ रुपैयाँ १४ पैसा रहेको छ ।
यसैगरी जापानीज १० यनको खरिददर ९ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ५ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ६ पैसा र बिक्रिदर ३१ रुपैयाँ २२ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३ सय ७१ रुपैयाँ ८६ पैसा र बिक्रिदर ३७३ रुपैयाँ ८३ पैसा रहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
