कुमार बाबु हितंगाा/स्याङ्जा । बैकिङ क्षेत्रमा विविध बिषयमा जानकारी दिने उद्धेश्यले मुक्तिनाथ बिकास बैक लिमिटेड स्याङ्जा शाखा जनताको घरदैलोमा पुगेको छ ।
बैंकका बिषयमा स्थानीय जनतालाई जानकारी गराउँद्यै खाता खोल्न प्रोत्साहन गर्दै गत शनिवार बैंकले स्याङ्जाको बाड्खोला, नयां बजार लगायतका स्थानमा पुगेको हो । “जनता बैंकमा होइन,बैक जनतामा जानुपर्छ ”भन्ने नारासहित स्याङ्जाले पनि प्रत्येक तीन/तीन महिनामा बैकिङ् कारोवारको बारेमा जानकारी दिन हरेक जनताको घरदैलोमा पुगेको शाखा प्रबन्धक ऋषि ढकालले बताए ।
उनले भने ‘स्याङ्जाका जनतालाइ बैकिङ् माध्यमबाट कारोवार गराउने लक्ष्यमा हामी दृढ छौ ।’ मुक्तिनाथ बैक वित्तिय सहयात्री मात्रै नभई हरेक दुखःसुखको साथी बनेको र यसरी घरदैलोमा आउदाँ अझ विश्वास बढेको बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
