टिप्पर आतंक रोकिएन्, फेरी एक जनाको मृत्यु

उदयपुर । टिप्परको ठक्करबाट उदयपुरमा एकजनाको ज्यान गएको छ ।

कसमस सिमेन्टको ढुंगा बोक्ने टिप्परले आइतबार राति ठक्कर दिँदा त्रियुगा नगरपालिका ७ चुहाडे कपसे बस्ने १९ वर्षीय सोनाम राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Advertisement

ठक्कर दिने टिप्पर भने फरार रहेको प्रहरीले जानकारी दिएको छ । त्यस क्षेत्रमा अहिले स्थानीयले टिप्पर आवत–जावतमा रोक लगाएका छन् ।

More News last news
Loading...