कुमार बाबु हितांगा स्याङ्जा । ‘‘चापाकोटको शान सुन्दर नगर हाम्रो पहिचान” भन्ने नाराका साथ यहि मंसिर २८ देखि पौष ८ सम्म स्याङ्जाको चापाकोट सुन्तलीटार खेल मैदानमा महोत्सव हुने भएको छ ।
मंसिर २८ देखि पौष ८ सम्म आयोजना गर्दै मेलाका मुख्य आकर्षकको रुपमा राष्ट्रिय अन्तरराष्ट्रिय ख्याति प्राप्त कलाकार हरुको बेजोड प्रस्तुति सँगै स्थानिय कलाकार हरुको मौलिक झल्कने घाटु, सोरठी , कौडा, रतौलि लगायत लोप हुन लागेका कला संस्कृतिको प्रदर्शनी साथै कृषक ब्यवसायिलाइ प्रोत्साहन गर्दै सुन्तला, कफि, अदुवा, लिचि र अन्य फलफुल तथा तरकारीहरुको प्रदशाी तथा बिक्री बितरण गरिने आयोजक उद्योग वाणिज्य संघ चापाकोटले जनाएको छ ।
कला संस्कृतिको जगेर्ना, स्थानिय घरेलु तथा कृषि उत्पादनको एकिकृत भेला, स्थानिय ब्यवसाय प्रर्वद्द्न र आर्थिक विकासका लागि प्रथम चापाकोट महोत्सव २०७५ को आयोजना गरिएको र महोत्सवबाट करिब साँढे ५ करोड बराबरको कारोबार गराउने लक्ष्य लिएको आयोजकले जनाएको छ ।
स्याङ्जा जिल्लाको गौरवको रुपमा रहेको कालिगण्डकी र्याफटिङ र पाराग्लाइडिङ मुख्य आकर्षक रहेको र आश्चर्यजनक तथा लोपोन्मुख प्रकृति का बस्तु सामग्री,पशु पंक्षिहरु साथै अन्य जनावरहरुलाइ प्रदर्शनीको रुपमा समेत उपाध्यक्ष विश्वास पुरीले जानकारी दिए ।
यस वर्ष स्याङ्जा चापाकोट कृषि,पर्यटनलाई विकास प्रर्वद्दन र मौलिक सस्कृति, भेषभुषाको जर्गेनाको लागि गर्ने महोत्सव आयोजना गरिएको उद्योग वाणिज्य संघ चापाकोटका अध्यक्ष मणि प्रसाद खनालले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
