डडेल्धुरा । डडेल्धुराबाट डोटी जाँदै गरेको स्कूल बस दुर्घटना दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् ।
डा.केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटनामा परेको हो । डोटीको शिखर नगरपालिका अन्तर्गत बानिडुग्रेसइन स्थित भाडामा लिइएको पीसजोन एकेडेमीको बस दुर्घटना दुर्घटनामा परेको र २५ जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिहीवार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएका व्यक्ति सवार स्कूल बस दुर्घटनामा परेको प्रहरीले बताएको छ । मेला सकेर फर्किने क्रममा बस दुर्घटनामा परेको हो ।
बसमा करिब ३५ जनाभन्दा बढी यात्रु सवार रहेको जनाइएको छ । घाइतेहरुको उपक्षेत्रीय अस्पताल, डडेल्धुरामा उपचार भैरहेको छ।
मृत्यु हुनेमा धेरै बालबालिका रहेको र मृतकको संख्या बढ्न सक्ने डिएसपी केसीले बताए । बस सडकबाट करिब ३०० मिटर तल खोलामा खसेको छ।
दुर्घटनास्थलमा उद्धार कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
