काठमाडौं । चाडबाडको समय भन्दै लामो समयदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन भोलि (शुक्रबार) देखि खुल्ने भएको छ।
लामो अवधिपछि आवेदन खुल्ने भएकाले सर्भरमा समस्या आउने सक्ने सम्वन्धमा समेत सचेत भएर काम गरिएको विभागले जनाएको छ।
अनलाइन फारम भर्दा सेवाग्रहीलाई समस्या नपुगोस भनेर मंगलवार र बुधवार २३ वटा यातायात कार्यालयका कर्मचारीलाई सर्भरको तालिम दिइएको विभागले जनाएको छ ।
यातायात व्यवस्था विभागले चाडपर्वको विदालाई मध्यनजर गर्दै सवारी चालक अनुमति पत्रको आवेदन फारम, ट्रायल र रिट्रायल बन्द गरेको थियो। नयाँ ट्रायल र फारम नखुलेपनि रिट्रायल भने दशैंलगत्तै सुचारु गरिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
