सूर्योदय लघुवित्तको त्रैमासिक समीक्षा गोष्ठी सम्पन्न

स्याङ्जा । स्याङ्जा जिल्ला केन्द्रिय कार्यालय भएको सूर्योदय लघुवित्त वित्तीय संस्थाको शाखा रहेका विभिन्न जिल्लामा त्रैमासिक समीक्षा तथा शाखा प्रमुख स्तरीय गोष्ठी सम्पन्न भएको छ ।

स्याङ्जा क्लष्टरको स्याङ्जा, पर्वत, कास्की, तनहुँ ,गोरखा, मनाङ, मुस्ताङ, लमजुङ, वाग्लुङ र म्याग्दीका २१ वटा शाखाको स्याङ्जा बजारमा गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा चालू आवको पहिलो त्रैमासको समीक्षा गरिएको थियो ।

Advertisement

२१ जिल्लामा ४८ शाखा सञ्चालनमा ल्याएको लधुवित्तको यस त्रैमास भित्र १ अरब कर्जा ४५ करोड बचत, ३० हजार सदस्य र ८७ लाख नाफा आर्जन गरेको र चालु आवको अन्त्यसम्ममा १ अर्व ५० करोड कर्जा प्रवाह,४० हजार घरधुरिलाइ सेवा पु¥राउने लक्ष्य रहेको संस्थाका कार्यकारी प्रमुख मोक्ष प्रसाद पंगेनिले जानकारी दिए ।

निकट भविष्यमा २३ जिल्लामा कारोवार विस्तार गरि थप १० वटा शाखा संचालनमा ल्याउने तयारी भएको र यसले विपन्न बर्गलाई आर्थिक,सामाजिक रुपमा सबल बनाउन थप महत्वपूर्ण भूमिका खेल्न संस्थाका अध्यक्ष अन्नत कुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा संचालक गोविन्द प्रसाद शर्मा प्रशासन,विभाग प्रमुख सुर्य पौडेल,योजना तथा अनुगमन विभाग प्रमुख भरत काफ्ले लगाएतले आफ्ना कुरा राखेका थिए ।

More News last news
Loading...