एजेन्सी । ब्राजिलियन स्टार नेइमार घाइते भएका छन् । क्यामरुनविरुद्धको मैत्रीपूर्ण खेलमा नेइमारले मैदानमा आठ मिनेटभन्दा बढी बिताउन सकेनन् ।
उनको ग्रोइनको मांसपिण्डमा इन्ज्युरी भएको हो । तर ब्राजिलका टिम डक्टर रोद्रिगो लस्मारले भने उनको इन्ज्युरी ठूलो नभएको बताएका छन् । ‘खेल्न सहज महसुस नगरेका कारण मैदानबाट बाहिर आएका हुन् ।
झण्डै तीस हजार दर्शकको उपस्थिति रहेको वेलायतको एमके स्टेडियममा भएको खलमा नेयमार बिनापनि ब्राजिलले उत्कृष्ट प्रदर्शन गरेको थियो । ब्राजिलले क्यारुनलाई १–० ले हराउँदा नेयमारको स्थानमा मैदान प्रवेश गरेका रिचार्डलिसनले गोल गरेका थिए । ४५ औं मिनेटमा उनले विलियनको पासमा हेड गोल गरेका थिए ।
दोस्रो हाफमा पनि ग्याब्रियल जेससको प्रहार पोस्टमा लागेको थियो भने अर्थरको प्रहार क्रसबारमा लागेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
