काठमाडाैं । काठमाडाैंको गोठाटारबाट एक बालक अपहरणमा परेका छन् । गोठाटारका ८ वर्षीय बालक अपहरणमा परेका हुन् । तेज विनायक विद्यालयमा नजिकैबाट बालक अपहरण भएको एक महिलाले प्रहरीलाई जानकारी दिएकी हुन्।
बालकको खोजी भइरहेको महानगरिय प्रहरी परिसर काठमाडाैंका एसएसपी बसन्त लामाले जानकारी दिए । अपहरणमा परेको बालकको पहिचान खुलेको छैन्।
तीन जनाको समूहमा आएका अज्ञात व्यक्तिले बालक लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बालकको खोजी गरिरहेको छ।
‘प्रत्यक्षदर्शीले बालकलाई पिट्दै गाडीमा हालेर लगेको जानकारी दिएका छन् । प्रहरी टोली घटनास्थल पुगिसकेको छ’, काठमाडाैं प्रहरीका एसपी अशोक सिंहले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
