काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०९ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८६ र बिक्रिदर ३२ रुपैयाँ ०२ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ७५ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०४ पैसा र बिक्रिदर २८ रुपैयाँ १९ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ७ रुपैयाँ ७२ पैसा र बिक्रिदर ३ सय ९ रुपैयाँ ३२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
