यसरी बाढीले बगायो यात्रुसहितको माइक्रो बस

सल्यान । सल्यानको बनगाड खोलो तर्दै गरेको यात्रुसहितको माइक्रोबस बगाएको छ। छिन्चु–जाजरकोट सडकखण्डमा पर्ने बनगाड खोलो तर्दैै गर्दा बाढीले गाडी नै बगाएको हो।

बसमा सवार यात्रुले भने ज्यान जोगाउन सफल भएका छन्। बाढीले बस बगाउन थालेपछि यात्रुहरुले हाम फालेर ज्यान जोगाएका हुन्।

Advertisement

जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको माइक्रो बस बिहीबार बाढीमा बगेको हो। यात्रुहरुले हाम फालेर ज्यान जोगाए पनि उनीहरुका झोला लगायतका सामान भने खोलाले बगाएको छ।

More News last news
Loading...