कञ्चनपुरमा फेरि चल्याे गाेली, एक जनाको मृत्यु ४ जना घाइते

कञ्चनपुर ।कञ्चनपुरमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मृत्यु हुनेमा १४ वर्षीय चेतन भट्ट छन् ।

घाइतेहरुको स्थानीय अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।

Advertisement

निर्मला पन्तको बलात्कारमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले जिल्ला प्रशासन कार्यालयमा तोडफोड गर्न थालेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।

गोलीले घाइते भएकाको महाकाली अस्पतालमा उपचार भइरहेको छ । बिहीबार पनि प्रदर्शनका क्रममा ८ जना गोली लागेर घाइते भएका थिए ।

More News last news
Loading...