काठमाडौं । गृहमन्त्रालयले कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ ।
मन्त्रालयमा बिहीबार बसेको बैठकले १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा आन्दोलन चर्किरहेका वेला प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई फिर्ता बोलाइएको हो ।
उनको ठाउँमा तारानाथ अधिकारीलाई पठाइएको स्रोतले जनायो ।
मन्त्रालयले कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई पनि परिवर्तन गरेको छ । उनको ठाउँमा कुवेर कडायतलाई पठाउने तयारी रहेको छ ।
मन्त्रालयले कञ्चनपुरमै कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर सेट्ठीको पनि सरुवा गरेको छ ।
यसैबीच, गृहले पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न सह-सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
पन्त बलात्कार प्रकरणमा प्रहरीले घटनाको २५ दिनपछि मुख्य अभियुक्त दिलिपसिंह विष्टलार्इ सार्वजनिक गरेको थियो । तर, स्थानीयले वास्तविक अपराधीलार्इ लुकाएर मानसिक सन्तुलन गुमाएका विष्टलार्इ सार्वजनिक गरिएको भन्दै अान्दाेलन चर्काएका थिए ।
बिहीबारै मात्रै अान्दाेलनका क्रममा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
