काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोलि बुधबारसम्म भारी वर्षा हुने जनाएको छ । देशभर पूर्ण बदली भई पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
केही क्षेत्रमा भने मध्यमखालको वर्षा हुने जनाएको महाशाखाले विशेष बुलेटिन सार्वजनिक गर्दै आज दिउँसो पनि बदली भई हल्का र मध्यमखालको वर्षाको सम्भावना रहेको जनाएको छ ।
पश्चिम क्षेत्र र पूर्वी तराईका एक दुई स्थानमा भने आज दिउँसो भारी वर्षा हुने महाशाखाले बताएको छ । उसकाअनुसार भोलि पनि पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै मौसमविद्हरुले खोला नदीको तटीय क्षेत्रमा रहेकाहरुलाई सावधानी अपनाउन सचेत गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
