रुकुम पूर्व । सिस्ने गाउँपालिका जीप दुर्घटना परेर ज्यान गुमाउनेको संख्या सात पुगेको छ ।
सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप धारपानीमा पल्टिएको हो । घाइते तथा मृतकको पहिचान खुल्न बाँकी रहेकाे छ। दुर्घटनामा केही यात्रु घाइते भएका प्रहरीले जनाएको छ । घाइतेलाई उद्धार गरी स्वास्थ्य संस्थासम्म ल्याउने काम भैरहेको छ । नेपाली सेना, प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् ।
जीप सडकबाट खसेको प्रहरीले जनाएको छ । वर्षाको समयमा बाटो चिप्लो भएका कारण जीप दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
