डा.केसीले उठाएका माग तत्काल सम्बोधन गर्न माग गर्दै संसद भवन घेराउ

काठमाडौं। डा.गोविन्द केसीले उठाएका चिकित्साक्षेत्रको सुधारका मुद्धाको तत्काल सम्बोधन गर्नुपर्ने माग गर्दै आज मानवअधिकारवादीहरुले संसद भवन घेराउ गरेका छन् । अपरान्ह १ बजे उनीहरुले नयाँ वानेश्वरस्थित संसद भवनको पश्चिमतर्फ प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडेको आरोपमा केही मानवअधिकारवादीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

 

More News last news
Loading...