विश्वकपको फाइनलमा पुगेपछि क्रोएसियामा हर्षोउल्लास, जर्सी लगाएरै बस्यो क्याबिनेट !

काठमाडौं । विश्वकप फुटबलको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको खुसियालीमा छ अहिले क्रोएसिया । समर्थकहरुका साथै देशका मन्त्रीहरूले पनि फुटबलले दिलाएको सफलतालाई विशेष रुपमा मनाएका छन् ।

रूस विश्वकपमा इंग्ल्याण्डलाई हराउँदै फाइनलमा पुगेको क्रोएसियाका मन्त्रीहरुले राष्ट्रिय टिमको जर्सी लगाएर क्याबिनेट बैठक बसेका छन् । पहिलो पटक फाइनलमा पुगेको टिमको सम्मानका साथै ऐक्यवद्धता जनाउन सबै मन्त्रीहरु राष्ट्रिय टिमको जर्सीमा सजिएर आएका थिए ।

Advertisement

यता राष्ट्रपति कोलिन्डाले मैदानमा नै पुगेर देशको समर्थन गरेकी थिइन् । यतिमात्र होइन नाटो बैठकमा सहभागिता जनाउन जाँदा पनि उनलाई फुटबलको नशाले छोडेको थिएन । त्यसैले त उनले आइतबार हुने फाइनल जित्ने दावी गरिन् ।

टिम फाइनलमा पुगेको दोस्रो दिन बसेको क्याबिनेटको बैठकमा टिमको खेलका बारेमा नै विशेष कुराकानी भएको थियो ।

 

More News last news
Loading...