काठमाडौँ । मनसुन वर्षाको प्रभाव देशभरि नै रहेकाले अझै तीन दिनसम्म देशका अधिकांश भेगमा बदली र वर्षाको सम्भावना रहेको छ ।
आज दिउँसो देशभरि नै बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ भने रातिको समयमा देशभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ। केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
भोलि (शनिबार) पनि दिउँसोको समयमा देशभर बदली रही देशको मध्य र पश्चिमी भेगका धेरै स्थान र पूर्वका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ, रातको समयमा पनि देशभरि नै बदली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने देखिन्छ।
मध्य र पश्चिमी भू–भागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा ५।२ मिलिमिटर वर्षा भएको छ। विराटनगरमा ४८, ताप्लेजुङमा २०, सिमरामा २०, भैरहवामा ५४, पोखरामा २२, जुम्लामा १२ र धनगढीमा ४८ मिलिमिटर वर्षा भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
