भक्तपुर डुबानमाः तीनको मृत्यु, १५० को उद्धार

काठमाडौँ । लगातारको वर्षाले उपत्यकाको काठमाडौँ र भक्तपुरका विभिन्न स्थान डुबानमा परेको छ । वर्षाका कारण माटोको ढिस्को खस्दा तीन जनाको मृत्यु समेत भएको छ ।

महानगरीय प्रहरी परिसय भक्तपुरका एसपी हिमालय श्रेष्ठले दिएको जानकारी अनुसार चाँगुनारायण–७ मा माटोको ढिस्को खस्दा तीन जनाको मृत्यु भएको छ । जिल्लाको मध्य भाग भएर बग्ने हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर, सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाका विभिन्न वडाहरु डुबानमा परेका हुन्।

Advertisement

हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुर नगरपालिकाको च्यामासिह, जगाती, हनुमानघाट, भेलुखेल, सल्लाघारी क्षेत्र डुबानमा परे । सोही नगरपालिकामा अवस्थित सिद्धस्मृति महिला तथा बाल अस्पताल, डाक्टर इवामुरा अस्पताल भित्र पनि बाढी पसेको छ । इवामुरा अस्पतालको एक्सरे कक्ष, फिजियो थेरापीकक्ष, टिएमटी मेशिन राखेको कक्ष डुबेको छ ।

यता मध्यपुरथिमि नगरपालिकाको राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्तीमा रहेका घरहरुको तत्लो तला सबै डुबेका छन् । सूर्यविनायक नरपालिकामा चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेगमा डुबान भएको छ ।

राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म पूरै डुबानमा छन् । यता काठमाडौँमा पनि बागमती र मनोहरा खोलाको बहाव बढेको छ ।

More News last news
Loading...