बाढी आएपछि काभ्रेमा १७ जना मजदुर अलपत्र हेलिकोप्टर लगेर उद्धार गर्ने तयारी

काभ्रे । बुधबार रातिदेखिको वर्षाका कारण नदीमा बाढी आउँदा काभ्रेमा १७ जना अलपत्र परेका छन् ।

नमोवुद्ध नगरपालिका वडा नम्बर ६ को खाक्सीमा खानेपानी मर्मतका लागि गएका १५ जना खोलामा अलपत्र परेका प्रहरी निरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो ।

Advertisement

नमोबुद्ध मै डिप बोरिङ गरिरहेका दुईजना पनि रोसी खोलामा फसेका छन् । उनीहरु खोलाको बीचमा रहेको ढुंगामा बसिरहेका छन् । उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टर लगेर उद्धार गर्ने तयारी भैहरेको उहाँले बताउनुभयो ।

More News last news
Loading...