काठमाडौं । रातीदेखि परेको पानीका कारण ठाउँठाउँमा बाढी र पहिरो गएको छ । केही राजमार्ग अबरुद्ध भएका छन् ।
काभ्रेको बनेपामा बाढीले पुल नै छाेपिएपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ । अहिले अरनिको राजमार्ग हुँदै काभ्रे, सिन्धुपाल्चोक, दोलखा, जिरी, रामेछापलगायत ठाउँमा ओहोरदोहोर गर्ने कुनै पनि गाडी नचलेका प्रहरीले जनाएको छ ।
यसैगरी नगरकोट जाने नयाँ बाटोमा पनि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । यस्तै, भक्तपुरका विभिन्न ठाउँ डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीले दुवाकोट, राधेराधे, लिबालीलगायतका क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ ।
सल्लाघारीमा रहेको डाक्टर इवामुरा अस्पतालमा पनि बाढीको पानी पसेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
