आज सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज भने सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला ५७ हजार ६ सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा पाँँच रुपैयाँ घट्दै प्रतितोला सात सय ६० रुपैयाँ कायम भएको छ । चाँदी हिजो प्रतितोला सात सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

More News last news
Loading...