विश्वकपको हारसँगै स्पेनिस प्रशिक्षक हियरोको राजीनामा

काठमाडौं । विश्वकपको दुई दिन अघि स्पेनिस फुटबल टोलीका प्रशिक्षण सम्हालेका फर्नान्डो हियरोले पदबाट राजीनामा दिएका छन् ।

रूस विश्वकप फुटबलको पूर्वसन्ध्यामा स्पेनिस टोलीको प्रशिक्षक बनेका हियरोले विश्वकपबाट स्पेन बाहिरिएसँगै राजीनामा दिएका हुन् । उपाधिको प्रमुख दाबेदार रहेको स्पेनलाई रूस विश्वकपको अन्तिम १६ भन्दा अगाडि लैजान नसकेको भन्दै राजीनामा दिएका हुन् ।

Advertisement

विश्वकपको अन्तिम १६ मा स्पेन घरेलु टोली रूससँग पेनाल्टी सुटआउटमा ४-३ ले पराजित भएको थियो । स्पेनिस फुटबल फेडेरेसनले विश्वकपको २ दिन अगाडि प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गर्दै ५० बर्षिय हियरोलाई टिम सम्हाल्ने जिम्मा दिएको थियो ।

More News last news
Loading...