काभ्रेमा एक लाख ३० हजार घूससहित इन्जिनियर पक्राउ

काभ्रे । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय धुलिखेलका इन्जिनियर शेखरनाथ खनाल १ लाख ३० हजार रकम घूससहित पक्राउ गरिएको छ ।

इन्जिनियर खनाललाई धुलिखेलको एक होटलमा सेवाग्रहीसँग घूस लिंदै गरेको अवस्थामा अख्तियर दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेएको हो ।

Advertisement

पनौती नगरपालिका-११ बल्थली बृहत खानेपानी आयोजनाको डीप बोरिङ् मेसिन खरिद गर्नको लागि इन्जिनियरले सप्लार्यससँग कुरा गरिदिने भन्दै रकम लिएको जनाइएको छ ।

उक्त आयोजना कुल ३ करोड ४१ लाख ३५ हजार लागतमा निर्माण हुँदै गरेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय प्रमुख रामचन्द्र काफ्लेले बताए ।

More News last news
Loading...