अमेलिया । तस्करी गरेर लैजादै गरिएको दुई ट्रक गोरु बाँके, राप्ती सोनारीका युवाले नियन्त्रणमा लिएपनि प्रहरीले छोडि दिएको छ । बर्दियाबाट गोरु बोकेर सर्लाहीतर्फ लैजादै गरेको अवस्थामा ना४ख १७१७ र ना६ख १६५३ नम्बरको ट्रकलाई बाँके, राप्तीसोनारी–१ का युवाले नियन्त्रणमा लिएर बुधबार राति साढे १ बजेतिर ईलाका प्रहरी कार्यालय अमिलिया दाङको जिम्मा लगाएका थिए ।
प्रहरीको जिम्मा लगाएर युवाहरु घर फर्किसकेपछि अमिलिया प्रहरीले राति नै ती गोरु छाडिदिएको कुसुम युवा क्लब राप्ती सोनारी–१ बाँकेका खड्क रानामगरले बताए । ‘गोरु तस्करी गरेर लैजादै गरेको सूचना आएपछि कुसुमबाट हामीले ट्रकलाई पछ्याउँदै गयौं, अमिलिया पुगेपछि नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थियौं,’ अर्का युवा अंकित श्रेष्ठले अगाडि भने ‘प्रहरीले तपाईहरु अब जानुस्, भोलि बिहान आउनु होला, त्यसपछि छलफल गरौला भनेर हामीलाई घर पठायो, तर प्रहरीले राति नै छाडिदिएछ ।’ प्रहरीले आफुहरुलाई झुक्याएर ट्रक छाडिदिनुमा मिलेमतो भएको हुन सक्ने श्रेष्ठले आशंका गरेका छन् ।
आफुहरुले नियन्त्रणमा लिदा ट्रकसँग कुनै प्रमाण फेला नपरेको रानाले बताए । ट्रकमा लोड गरिएका गोरुलाई सर्लाहीबाट भारतीय नाका प्रवेश गराएर बंगलादेशमा लगेर विक्री गर्ने तस्करको योजना रहेको युवाहरुले बताएका छन् । यसअघि पनि पटक–पटक उक्त क्षेत्रबाट गोरु तस्करी हुने गरेको उनीहरुको भनाई छ ।
ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक युवराज चौधरीले दुई वटा ट्रकमा ३८ वटा गोरु लोड गरिएको अवस्थामा नियन्त्रणमा लिएको र विहान हेर्दा काजजात सबै ठिक रहेको देखेपछि छोडेको बताए । स्रोतका अनुसार लिलाम गरेर बिक्री भएका गोरुलाई सुरुमा कपिलवस्तुको चन्द्रौटा हुदै भारत प्रवेश गराउन खोजेपछि त्यहाँबाट भन्सारले फर्काईदिएको थियो ।
त्यसपछि बर्दियाको राजापुर नाकामा पुयाएर त्यहाँबाट पनि लैजान नपाएपछि सर्लाही लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिइएको ईप्रका अमिलियाका ईन्चार्ज एवम् प्रहरी निरीक्षक युवराज चौधरीले बताए । ‘बर्दियाबाट आएका दुई वटा ट्रकलाई हामीले नै ट्रक नियन्त्रणमा लिएका हौं,’ उनले भने ‘कागजात हेर्दाखेरी ठिक देखेपछि छाडिदिएका हौं ।’
ट्रक नियन्त्रणमा लिने वित्तिकै रात साढे १ बजे नै जिल्ला प्रहरी कार्यालयमा खबर गरेको र आदेश पाएपछि छाडिएको चौधरीले बताए । ‘राज्यले कि त गोरुको कारोबार गर्नै नदिनुपथ्र्यो, भन्सारले पनि लिला नगर्नु पर्ने हो,’उनले भने ‘तस्करी हो वा होईन त्यो त राज्यले हेर्नुपर्ने कुरा हो ।’राज्यले गोरुको कारोबारमा रोक लगाउनुपर्ने बताउँदै प्रहरीले अनावश्यक रुपमा तनाव मात्रै बेहोर्नु परेको उनले उल्टै दुखेसो पोखे ।
५ नं. प्रदेशका प्रदेश प्रहरी प्रमुख डिआजी शेरबहादुर बस्नेतले भने ट्रकसहित नियन्त्रणमा लिइएको गोरु लैजान नदिएको बताएका छन् । ‘तस्करीका गोरु भन्ने थाहाँ पाएपछि हामीले गोरु लैजान दिएका छैनौं। डिआईजी बस्नेतले भने ‘ ती गोरु अमेलिया र लमहीको विच जंगलमा लगेर छोडिएका छन् ।’ उनले काजगमा बर्दिया भन्सारले लिलाम गरेको उल्लेख भएपनि डकुमेन्ट भन्दापनि ईस्सु गम्भीर भएको हुँदा गोरु लैजान नदिएको बताए ।
‘आजकल गाडा तान्नपनि गोरु प्रयोग गरिदैन, खेतिमा समेत ट्रक्याक्टर प्रयोग भइरहेका छन्, भने किन गोरु ट्रका ट्रक लैजान खोजिएको हो । यसमा आशंका गर्ने ठाउँछ ।’ डिआईजी बस्नेतले भने ।
यसैबीच जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख एवं डिएसपी रामप्रशाद घर्ती मगरले पनि ६ वटा गोरु मरेको हुँदा जंगलमा लगेर चराउन दिएको बताए । ‘हामीले गोरु पूर्वतिर लैजान दिएका छैनौं र दिंदैनौपनि।’ निमित्त प्रमुख घर्तीले भने । बंगलादेशमा नेपालवाट गोरु मासुको लागि सप्लाई हुँदै आएको आरोप स्थानीय युवाहरुले लगाउँदै आएको छ नि ? भन्ने प्रश्न गर्दा निमित्त जिल्ला प्रहरी प्रमुख घर्तीले , त्यसवारे आफु अनभिज्ञ रहेको बताए ।
‘ कृषि प्रयोजनका लागि हो या अन्य कुनै प्रयोजनको लागि हो र यि गोरु कहाँ लगिन्छ त्यो राज्यले बुझ्नुपर्ने कुरा हो ।’ डिएसपी घर्तीले भने । युवाहरुले भने बर्दिया भन्सार कार्यालयदेखि प्रधानमन्त्री कार्यालयका पदाधिकारीहरुले गरिएको भनिएको सबै हस्ताक्षर नक्कली भएको र ति गोरु अवैद्य रुपमा बंगलादेश मासुका लागि सप्लाई हुँदै आएको भन्दै सरोकारवालाहरुलाई कारवाही हुनुपर्ने माग गर्दै आएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
