ब्राजिलले विश्वकप जित्छ : म्यारोडोना

मस्को, (एजेन्सी)
अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्यारोडोनाले रुसमा जारी विश्वकप उपाधिको बलियो दाबेदारका रूपमा ब्राजिलको नाम लिएका छन्।

उनले विश्वकपमा ब्राजिलले गरिरहेको प्रदर्शनलाई विश्लेषण गर्दा ब्राजिलले उपाधि जित्ने बताएका हुन्। उनले भने– ‘म यो विश्वकपको मजा लिइरहेको छु। मलाई लाग्छ ब्राजिल निकै बलियो छ र उनीहरू उपाधिको प्रबल दाबेदार हुन्।’

Advertisement

उनले नेयमारमाथि भइरहेका फाउलको आलोचनासमेत गरेका छन्। अन्तिम १६ मा मेक्सिकोसँगको खेलमा नेयमार लयमा देखिएका थिए। पछिल्ला ४ खेलमा उनी त्यसमा बढी प्रभावकारी मानिएको छ।

सोही खेलमा नेयमारले विपक्षी खेलाडी फाउलमा बढी अभिनय गरेको भन्दै आलोचना भइरहँदा म्यारोडोनाले भने फाउलको आलोचना गरेका हुन्। ब्राजिलले २–० ले जितेको खेलमा मेक्सिकन खेलाडीले लगातार फाउल गरिरहेको उनले बताए।

More News last news
Loading...