काठमाडौं। उपत्यकासहित देशभरी कै मौसम अहिले बदली भएको छ । आज देशभरका धेरै ठाउँको मौसम बदली हुने मौसमविद्ले बताएका छन् । मनसुनी न्यूनचापीय रेखा अलि तल सरेकाले हिजो अस्तिको भन्दा कम पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार आज र भोलि हिजो अस्तिको भन्दा कम पानी परे पनि पूर्व र मध्य क्षेत्रको मौसम खुल्ने संभावना छैन । पश्चिमको मौसम भने आशिंक बदली हुने उहाँको अनुमान छ । देशका धेरै ठाउँमा आज पनि पानी पर्ने मौसमविद् गंगा नगरकोटीको अनुमान छ ।
गएको २४ घण्टामा सबैभन्दा धेरै धरानमा १ सय १६ दशमलव ९ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैबीच बाढी पूर्वानुमान शाखाले आज र भोलि मुख्य नदी जलाधारमा बाढीको ठूलो बाढीको जोखिम नरहेको जनाएको छ । तर पर्सि कन्काई, कोसी, कमला र बागमतीलगायतमा नदीमा बाढी आउँने संभावना भएको भन्दै पूर्व तयारी गर्न आग्रह गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
