आफ्नै घरमा मृत भेटिइन् ३२ वर्षीया महिला

धनगढी। कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुर गाउँकी ३२ वर्षीया गर्भी चौधरीलाई आफ्नै घरमा आज बिहान प्रहरीले मृत अवस्थामा फेला पारेको छ ।

आँखा, खुट्टा र हातमा चोट लागेको अवस्थामा आफ्नै कच्ची घरको कोठामा ती महिलालाई मृत फेला पारिएको लम्की प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताए ।

Advertisement

प्रहरीले मृतक महिलाका श्रीमान् ईन्द्रबहादुर चौधरीलाई पक्राउ गरी अनुसन्धान थालेको छ । श्रीमानको कुटपिटबाट उनको मृत्यु भएको आशंका गरिएको छ । महिलाको शव परीक्षणका लागि टीकापुर अस्पताल पुर्याइएको छ ।

More News last news
Loading...