सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । बजारमा सुनचाँदीको मूल्य आज थप बढेको छ । हिजो मात्रै तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्यमा आज थप दुई सय रुपैयाँ बढ्दै प्रतितोला ५७ हजार आठ सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय ६५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला सात सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

More News last news
Loading...