रोल्पामा घर भत्किदा १८ दिनकी शिशुसहित तीन जनाको मृत्यु

रोल्पा । रोल्पामा अविरल बर्षाका कारण घर भत्किदा १८ दिनकी सुत्केरी आमा छोरीसहित तीन जनाको मृत्यु भएको छ।

रुन्टीगढी गाउँपालिका वडा नं. ५ सैवाङ गाउँमा सोमवार विहान पौने ११ बजेतिर घर भत्किदा २२ बर्षीया आमा कमला विक, उनकी १८ दिनकी छोरी आयूसा विक र छिमेकी १५ बर्षीया चित्रा विकको मृत्यु भएको हो।

Advertisement

आयूसा र चित्राको घटनास्थलमै मृत्यु भएको र १८ दिनकी सुत्केरी कमलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

सुत्केरी आमा छोरी भान्सा घरमा आगो तापेर बसेको सयमा ढुङ्गाको गारा युक्त घर भत्कदा उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ । १५ बर्षीया छिमेकी किशोरी भने सुत्केरीलाई सघाउन भनि गएको स्थानीयले बताएका छन्।

तस्वीर: सन्तोष शर्माको फेसबुकबाट

More News last news
Loading...