काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ५७ हजार तीन सय रुपैयाँमा झरेको छ। हिजो सुन प्रतितोला ५७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय ६० रुपैयाँ कायम भएको छ। चाँदी हिजो प्रतितोला सात सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
