कविराज खनाल
लेखनाथ । लेखनाथ सृजनशील अपाङ्गता समाजको आयोजना, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको सहयोग र आन्तरीक श्रोत परीचालन समिति कास्कीको समन्वयमा ३ दिने कुखुरा पालन तालिम सम्पन्न भएको छ।
तालिममा सृजनशील अपाङ्गता भएका व्यक्ति र तिनका अभिभावकहरुका लागि शिप विकास गरी जिविको पार्जन गर्न मद्धत पुगोस् भन्ने उद्देश्यले यस क्षेत्रका करिव १० जना कुखुरा पालक कृषकलाई तालिम र प्रत्येक कृषकका लागि १०-१० ओट कुखुराका चल्ला, दाना, औषधी समेत दिइएको हो ।
पोखरा लेखनाथ महानगरपालिका वडा नंं ३० का वडा अध्यक्ष श्रीराम पोर्खेलले अपाङ्गता भएकाहरुले सपाङ्गता भएका व्यक्ति जस्तै आत्मनिर्भर बनेर देश वनाउनु पर्ने र तालिम पश्चात सिकेका कुरालाई व्यवहारमा उतार्नु पर्ने र अपाङ्गता भएका व्यक्तिका लागि वडा वाट हुने जुन सुकै कामलार्ई पहिलो प्राथमिकतामा राखेर सहयोग गरेको कुरामा जोड दिए ।
संस्थाका अध्यक्ष चुडामणि तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशिक्षक पशु सेवा केन्द्र शिशुवाका प्रमुख झलक कृष्ण भण्डारी, नवराज गौतम र लेखनाथ सृजनशील अपाङ्गता समाजका केन्द्रिय कार्यालयका महासचिव नवराज अधिकारीले कुखुरा पालक कृषकलाई तालिम दिएका थिए भने संस्थाका सचिव वृष गुरुङ्गले स्वागत मन्तव्य राखेको सो कार्यक्रमा नवराज अधिकारीले कार्यक्रको संचालन गरेका थिए।



![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
