अर्जेन्टिनाको जितमा म्याराडोनाको उत्साह, कहिले अश्लिल हर्कत, कहिले विरामी

काठमाण्डौ । अर्जेन्टिना रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। मंगलबार सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा नाइजेरियालाई २–१ ले हराउँदै अर्जेन्टिना समूह उपविजेता बन्दै विश्वकपको अन्तिम १६ मा पुगेको हो ।

अर्जेन्टिना र नाइजेरियाबिचको निर्णायक खेलमा खुसी मनाउने क्रममा अर्जेन्टिनाका पूर्व खेलाडि डियगो म्यारोडोना बिरामी परेका छन् ।

Advertisement

खेल अवधिभर दर्शक बनेको उनी मैदानमा खेलाडीको प्रदर्शनबाट थपिएको उत्साह र विपक्षीको गोलबाट थपिइको निशारालाई लिएर विशिष्टका लागि छुट्याइएको रंगशालाको एक छेउमा बसेका थिए ।

अर्जेन्टिनाका मेसीले १४ औँ मिनेटमा गोल गर्दा निकै रमाइरहेका म्यारोडोना खेल सकिदासम्म विरामी परेका थिए ।

खेलको सुरवाती १४ औं मिनेटमा आफूलाई मनपर्ने मेसीले गोल गर्दा उनी निकै उफ्रिए, सायद मेस्सी भन्दा धेरै खुसी उनै भए होलान् । जब ५१ औँ मिनेटमा नाइजेरियाले पेनाल्टीमा गोल र्गयो, त्यो बेला म्याराडोनाको अनुहारमा फेरि निराशा छायो । उनको अनुहारमा निकै तनाव देखिन्थ्यो ।

त्यसपछ बराबरीको दिशा गएको खेलको ८६ औँ मिनेटमा मार्कस रोजोले गोल गरेपछि म्याराडोनाको अनुहारमा भरपुर उत्साह छायो । छेउछाउमा रहेका उनका सहयोगीसँग अंकमाल गरे, खुसीले उफ्रिए र रमाए ।

म्याराडोनालाई त्यो गोलको उत्साहले यसरी छोयो कि उनलाई चिकित्सा सहायकले त्यहीँ प्राथमिक उपचार गर्नु र्पयो ।

उनको रक्तचाप न्युन भएको रहेछ । मुलुकलाई विश्वकपको उपाधि जिताइसकेका ५७ वर्षिय म्याराडोनालाई सेन्ट पिटर्सबर्गमा रहेको अस्पतालमा लगिएको थियो ।

केही समय अस्पतालमा बिताएर उनी फर्किएका छन् । पेनाल्टीमार्फत नाइजेरियाले गोल गर्दा उनी निराश बने । तर जब खेलको अन्त्यतिर रोजोले गोल गरे सेलिब्रेसनका क्रममा उनले आफूलाई सम्हाल्नै सकेनन् ।
उनी बेहोस भए झै देखिन्थे । र, दुई जनाको सहयोगले रंगशालाबाट बाहिरिएका थिए । लगतै मेडिकल स्टाफले उनको स्वास्थ्य जाँच गरेको थियो ।

More News last news
Loading...