साउथ वेस्टनका चार विद्यार्थीले पाए एसईईमा चार जीपीए

काठमाडौं । काठमाडौंको गोङ्गबुस्थित साउथ वेस्टन स्कुलका चारजना विद्यार्थीले माध्यामिक शिक्षा परीक्षा (एसईई) मा चार जीपीए प्राप्त गरेका छन् ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिवार प्रकाशित गरेको नतिजा अनुसार यस विद्यालयका छात्रा रोजिना ढकाल, छात्र आयुष अधिकारी, छात्रा विना बरुवाल र रुवी श्रेष्ठले उक्त नतिजा हात पारेका हुन् ।

Advertisement

विद्यालयबाट परीक्षामा संलग्न ९६ विद्यार्थीमध्ये ४ जना जीपीए ४.०० सहित २४ जना ए प्लस (जीपीए ३.६५ देखि जीपीए ४.०० सम्म), र ३९ जना ए ग्रेड (जीपीए ३.२५देखि जी.पी.ए. ३.६० सम्म), मा उत्तीर्ण भएका छन् ।

५ जनाले बी ग्रेड र बाँकी विद्यार्थी बी प्लस ग्रेडमा उत्तीर्ण भएका छन् । चार जनाले जीपीए ४.००, एक जनाले जीपीए ३.९५ र पाँच जनाले जीपीए ३.९० प्राप्त गरेको यो नतिजा देशकै उत्कृष्ट नतिजामध्ये एक भएको दावी विद्यालयका माध्यामिक तह संयोजक कुमार केसीकोे रहेको छ ।

‘एनपीएन’ न्युज अवार्ड २०७४’ मा उत्कृष्ट प्रधानाध्यापकको सम्मान प्राप्त गर्न सफल विद्यालयका प्रिन्सिपल मनोज आचार्य विद्यालयले प्राप्त गरेको नतिजाको श्रेय अभिभावक शिक्षकहरु तथा विद्यार्थी स्वंयमलाई दिए ।

More News last news
Loading...