कति छ आज सुनचाँदीको मूल्य : हेर्नुहोस्

काठमाडौं, असार ११ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य यथावत छ । आज पनि सुन प्रतितोला ५७ हजार सात सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तलमाथि भएको छैन । आज पनि चाँदी प्रतितोला सात सय ७० रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

More News last news
Loading...