एसईईको ‘रिजल्ट’ सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । शनिबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेपछि पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक भएको हो ।

एसर्इर्इको नतिजा आइभीआर, एसएमएस र विभिन्न वेबसाइटमा हेर्न सकिन्छ। आइभीआरतर्फ नेपाल टेलिकमबाट १६०० मा फोन गरी नतिजा सुन्न सकिन्छ। एसएमएसबाट पनि नतिजा थाहा पाउन सकिन्छ।

Advertisement

गत चैत आठ गतेदेखि सञ्चालन भएको एसईई परिक्षमा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थीले परीक्षा दिएका थिए ।
एसईईको नतिजा एसएसमएस, अइभीआर तथा वेबसाइटबाट हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । एसईईको नतिजा आइभीआर, एसएमएस र विभिन्न वेबसाइटमा हेर्न सकिन्छ । आइभीआरतर्फ नेपाल टेलिकमबाट १६०० मा फोन गरी नतिजा सुन्न सकिन्छ । एसएमएसबाट पनि नतिजा थाहा पाउन सकिन्छ । त्यसका लागि तलको सूचना हेर्नुहोला । साथै विभिन्न वेबसाइटबाट पनि एसईईको नतिजा हेर्न सकिने छ ।

नतिजा हेर्न शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np मा, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np मा, परीक्षा नियन्त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ । नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np र एनसेलको वेबसाइट ncell.axita.com मा पनि नतिजा हेर्न सकिन्छ । edusanjal.com र edukhabar.com मा पनि नतिजा हेर्न सकिन्छ ।

More News last news
Loading...