कोस्टारिकामाथी ब्राजिलको सानदार जित, प्रिक्वार्टर फाइनल पुग्ने सम्भावना बलियो

काठमाडौं । कोस्टारिकामाथी सानदार जित निकाल्दैं प्रिक्वार्टर फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अतिरिक्त समयमा फिलिप कोउटिन्हो र नेइमार नायक बन्दा ब्राजिलले कोस्टारिकालाई हराउन सफल भयो । सेन्ट पिटर्सबर्गमा भएको खेलमा कोस्टारिकालाई २–० ले हराउँदै ब्राजिलले समूहमा चार अंक बनाएको छ । खेलको ९० मिनेटसम्म कोस्टारिकाले ब्राजिललाई रोकेको थियो । यस क्रममा ब्राजिललाई रेफ्रीले पेनाल्टीको अवसर दिएका थिए । तर भिडियो असिस्टेन्ट रेफ्रीले त्यो पेनाल्टीलाई मान्यता दिएन । इन्ज्युरी समयमा पहिलो मिनेटमा फिलिप कोउटिन्होले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । सात मिनेटको इन्ज्युरी समयको अन्तिममा नेइमारले गोल गर्दै ब्राजिललाई जित दिलाए । पहिलो खेलमा स्विट्जरल्याण्डसँग रोकिएको ब्राजिल यो जितपछि नकआउट चरण नजिक पुगेको छ । दुईमा पराजित कोस्टारिका भने एक खेल अगावै विश्वकपबाट बाहिरिएको छ । समूह ई मा कोस्टारिकामाथी जित हात पार्दै सर्बियाले ३ अंक बटुलेको छ भने पहिलो खेलमा ब्राजिलसँग बराबरी गरेको स्विट्जरल्याण्डको एक अंक रहेको छ । आज राति स्विट्जरल्याण्ड र सर्बिया खेल्दैछन् ।

More News last news
Loading...