काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत आज ३ खेल हुँदैछन् । पहिलो खेलमा समूह सीमा रहेका डेनमार्क र अस्ट्रेलिया भिड्दैछन्। जुन खेल नेपाली समय अनुसार बेलुकी पौने ६ बजेदेखि सुरु हुनेछ।
अस्ट्रेलिया यस अघि फ्रान्ससँग २-१ ले पराजित भएको थियो भने डेनमार्कले पेरुलाई ०-१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै पौने ९ बजेदेखि सुरु हुने दोस्रो खेलमा सोही समुहका फ्रान्स र पेरु भिड्नेछन्।
यस अघि फ्रान्सले अस्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो भने पेरुले यस अघि डेनमार्कसँग ०-१ गोलले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा समूह सीमा रहेका अर्जेन्टिना र क्रोएसिया भिड्ने छन्।
जुन खेल राति पौने १२ बजेदेखि सुरु हुनेछ। अर्जेन्टिना यस अघि १-१ गोलमा रोकिएपछि १ अंक सहित छ । क्रोएसियाले यस अघि नाइजेरियालाई २-० ले पराजित गरेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
