काठमाडौं । बाँसबारीस्थित न्युरो अस्पतालको नाम परिवर्तन गरिएको छ ।
सञ्चालक डा.उपेन्द्र देवकोटाको निधनपछि बाँसबारीस्थित न्युरो अस्पताल ( उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइट साइन्स) को भनेर परिवर्तन गरिएको हो ।
सोमबार निधन भएका डा.उपेन्द्रको नाम अस्पतालको नाम अघि थपिएको हो। बुधबार कम्पनी रजिस्टारको कार्यालयमा उक्त अस्पतालको नाम उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइट साइन्सको नाममा दर्ता भएको छ।
उक्त नाम दर्ता भएपछि कार्यालयले अस्पताललाई प्रमाणपत्र समेत उपलब्ध समेत गराएको छ।
वीर अस्पतालको न्यीरोलोजिकल ट्रमा युनिटका संस्थापक डा. देवकोटाले अथाह संघर्षपछि बाँसबारीस्थित न्यूरो अस्पताल सञ्चालनमा ल्याएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
