सल्यान । छोरीलार्इ बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कालीमाटी गाउँपालिका –५, निवासी ३३ वर्षीय एक जना पुरुषले ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले असार ३ गते गिरफ्तार गरेको जानकारी दिएको छ ।
२०७५ जेठ २० गते राति आफ्नै घरमा बलात्कार गरेको भन्दै बालिकाको मामाले असार ३ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा मुद्दा दायर गरेका थिए । पीडित बालिकाको जिल्ला अस्पताल सल्यानमा स्वास्थ्य परीक्षण गरिएको छ ।
आरोपितलाई हिरासतमा राखी घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भरतबहादुर विकले जानकारी दिनुभयो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
