विश्वकप २०१८ को पहिलो रेड कार्ड सान्चेजलाई

जापानविरुद्धको खेलमा जापानी खेलाडी सिन्जी कागावाको प्रहारलाई हातले रोकेपछि कोलम्बियाका खेलाडी कालोर्स सान्चेज रेड कार्ड खाँदै मैदानबाट बाहिरिएका छन् ।

खेलको तेस्रो मिनेटमै कोलम्बियाका खेलाडीले हातले बल रोकेपछि जापानले पेनाल्टी पनि पायो । सान्चेज विश्वकप २०१८ मा रेड कार्ड पाउने पहिलो खेलाडी पनि भएका छन् ।

Advertisement

म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडीसमेत रहेका जापानी खेलाडी शिन्जी कागावाले पेनाल्टीमाफर्त गोल गर्दै सुरुमै जापानलाई १–० को अग्रता दिलाएका छन् ।

स्टार खेलाडी जेम्स रोड्रिग्वेज चोटिल भएपछि त्यसै नै दबाबमा रहेको कोलम्बिया १० खेलाडीमा सिमित भएपछि अझ दबाबमा परेको छ ।

More News last news
Loading...