राजकीय सम्मानका साथ डा.देवकोटाको अन्तिम बिदाई

काठमाडौं । स्व. वरिष्ठ नशारोग विशेषज्ञ प्रा. डा. उपेन्द्र देवकोटाको मंगलबार अपरान्ह पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । सोमबार साँझ निधन भएका डा. देवकोटाको पार्थिव शरीरमा पत्नी डा.मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागवत्ति दिएपछि अन्त्यष्टि गरिएको हो । देवकोटाको विद्युतीय माध्यमबाट शवदाह गरिएको छ ।

अन्त्यष्टिका क्रममा सशष्त्र प्रहरीको एक टुकडीले सलामी अर्पणसहित देवकोटाको अन्तिम विदाई गरेको थियो । देवकोटा निवास हेपाली हाईटमा पत्नी डा. मधु देवकोटा तथा छोरीहरु मेघा, बसुधा र मञ्जरीले काजकीरिया गर्नेछन् । काजकीरिया ७ दिनमा सम्पन्न हुनेछ।

Advertisement

यसअघि उनलाई सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले अन्तिम विदाई गरेका थिए। सोमबार साँझ सोही अस्पतालमा उपचारको क्रममा निधन भएका डा.देवकोटालाई श्रद्धाञ्जली दिन राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री एवम् उनका विद्यालय तहका सहपाठी डा.बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु अस्पताल पुगेका थिए। स्वर्गीय देवकोटाको शीरमा नेपाली ढाका टोपी लगाइएको थियो ।

डा. देवकोटाको इच्छा अनुसार नै निधनपछि दौरा, सुरुवाल, ढाका टोपी र कोट लगाइएको हो । पित्तथैलीको क्यान्सरबाट पीडित डा.देवकोटा स्वदेशमै देहत्याग गर्ने इच्छा बमोजिम बेलायतबाट नेपाल फर्किए थिए।

More News last news
Loading...