काठमाडौं । बजारमा सुनचाँदीको मूल्य आज थप घटेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ५८ हजार तीन सय रुपैयाँमा झरेको छ ।
सुन हिजो प्रतितोला ५८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय ७५ रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला सात सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
